Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित


  • 2.4K
    Shares

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
    images

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा भएको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै उहाँ विजयी भएका हुन् । मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त भएको थियो । निर्वाचनमा कूल ४६८ मत खसेको थियो ।

    त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् । यसैगरी, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएका छन्  । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् ।

    सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्बु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) विजयी भएका छन्  ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - ०६:००:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij