Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश


  • 2.4K
    Shares

    • images
    यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
    images

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई २ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

    जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १९:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij