Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

१० महिनामै टुट्यो नायिका वर्षाको विवाह, श्रीमान्‌ले गरे अर्कै युवतीसँग बिहे

१० महिनामै टुट्यो नायिका वर्षाको विवाह, श्रीमान्‌ले गरे अर्कै युवतीसँग बिहे


  • 2.4K
    Shares

    १० महिनामै टुट्यो नायिका वर्षाको विवाह, श्रीमान्‌ले गरे अर्कै युवतीसँग बिहे

    अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् ।

    वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।

    विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्काेलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै गसिप बने । त्यही बीचमा वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटोसमेत डिलिट पनि गरिन् ।

    अहिले आशिषले विवाह गर्नुको पछाडि वर्षासँग सम्बन्ध बिच्छेद भइसकेको बताइन्छ । तर यस विषयमा अभिनेत्री वर्षाले भने आधिकारिक धारणा राखेकी छैनन् । 

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - १६:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij