Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘छक्का पञ्जा ४’को सहकारी संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी

‘छक्का पञ्जा ४’को सहकारी संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी


  • 2.1K
    Shares

    ‘छक्का पञ्जा ४’को सहकारी संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी
    images

    देशभर प्रदर्शन भइरहेको चलचित्र ‘छक्कापञ्जा ४’मा प्रयोग गरिएको सहकारी संस्थाबारेको संवाद (डायलग) हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी हालिएको छ। 

    ‘छक्कापञ्जा ४’मा प्रयोग संवादले सहकारीविरुद्ध लाञ्छना लगाउनुका साथै नारी अस्मितामा खलल पुर्‍याएकाले सो हटाउन माग गर्दै ‘राष्ट्रिय सहकारी महासंघ लिमिटेड’ले सोमबार विकास बोर्डमा निवेदन दिएको हो। 

    ‘पछिल्लो दिनमा आर्थिक संकुचनका कारण सबै क्षेत्रमा परेको असर सहकारी क्षेत्रमा समेत परेको सन्दर्भमा त्यसलाई अतिरञ्जित बनाई आमा सरस्वती मुभिज प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ, ‘यसर्थ सहकारी क्षेत्रको विश्वसनियतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहिन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाई चलचित्र क्षेत्रको गरिमा कायम राख्नका लागि हार्दिक अनुरोध गर्दछौँ।’ 

    चलचित्रको उक्त संवाद टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

    यस्तो छ त्यो संवाद
    ‘छक्कापञ्जा ४’ मा दीपकराज गिरीले बोलेको एउटा संवाद छ– श्रीमती भनेको बैंकको लोन हो। मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ। 

    अनि उनीसँगै रहेकी महिला पात्रले भन्छिन्– अनि म के नि? 

    दीपक भन्छन– सहकारी! भाग्न पछि सक्छ!

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - १५:१७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij