Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’, यस्तो छ कथावस्तु

ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’, यस्तो छ कथावस्तु


  • 2.2K
    Shares

    ओस्कार जितेको फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’, यस्तो छ कथावस्तु
    images

    काठमाडौं । ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ले यस वर्षको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मसहित सात विधामा बाजी मारेको छ । विश्व फिल्ममा ब्लकबस्टर फिल्मको दबदबा कायम रहँदा हार्टहाउस फिल्मको यो विजयले खास अर्थ बोकेको छ ।

    एब्सर्डिस्ट कमेडी-ड्रामा मानिएको यो फिल्मलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मले एक चिनियाँ-अमेरिकी आप्रवासी महिला पात्र एभलिन वाङलाई पछ्याउँछ, जो आयकरको लागि लेखापरीक्षण गर्दा निराश छिन् । यतिबेला उनलाई लाग्छ, बहुविश्वलाई नष्ट गर्न आफूले समानान्तर ब्रह्माण्ड सिर्जना गरेर तीसँग आफूलाई जोड्नुपर्छ ।

    उक्त लेखापरीक्षण सेवाकी इन्सपेक्टर डेइरेड्रे ब्युबेड्रेसँगको भेटमा एभिलिन र उनको परिवार अल्फाभर्स र मल्टिभर्सजस्ता समानान्तरण ब्रह्माण्डमा अघि बढ्छन् । प्रत्येक युनिभर्समा उनीहरुको चुनौती, क्षमता र दृष्टिकोण भिन्न भिन्न हुन्छ । सबै विधालाई एकै ठाउँमा राखेर फिल्म बनाउँदा कतिपय दर्शकलाई बुझ्न कठिन पनि लाग्न सक्छ तर दर्शकलाई फिल्मले मज्जाले होल्ड गर्न सक्छ ।

    आईएमडीबीले फिल्मबारे लेखेको छ, ‘एक मध्यम उमेरकी चिनियाँ आप्रवासी महिला एक साहसिक कार्यमा फसेकी छिन्, जसमा उनी एक्लै अन्य ब्रह्माण्डलाई अन्वेषण गरेर र आफूले नेतृत्व गरेको जीवनसँग जोडेर अस्तित्व बचाउन सक्छिन् ।

    अभिनेत्री मिसेल योहले एभलिनको भूमिकामा अभिनय गरेकी छन् । यो भूमिकाको लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार मिल्यो । न्युयोर्क टाइम्सले यो फिल्मलाई ‘विधाको घुमाउरो अराजकता’को संज्ञा दिंदै अतिवास्तविक कमेडी, विज्ञान कथा, काल्पनिक, मार्शल आर्ट फिल्म र एनिमेसनका तत्वको खिचडी गरिएको लेखेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - १२:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij