Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

समीक्षा अधिकारीको स्वरमा ‘रूँदै हिँड्नु पर्छ’ सार्वजनिक [भिडियो]

समीक्षा अधिकारीको स्वरमा ‘रूँदै हिँड्नु पर्छ’ सार्वजनिक [भिडियो]


  • 3.1K
    Shares

    समीक्षा अधिकारीको स्वरमा ‘रूँदै हिँड्नु पर्छ’ सार्वजनिक [भिडियो]
    images

    ‘रूँदै हिँड्नु पर्छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । 

    यो वियोगान्त गीतमा गायिकाद्वय समीक्षा अधिकारी, सुनिता बुढा क्षेत्री र सुवास खत्रीको स्वर छ । सुजित खत्रीको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत एवं एरेन्ज रहेको गीत गायक खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    गायिका समीक्षा र गायक सुवास नाताले साली–भेना हुन् । विशाल घिमिरेको कथा एवं निर्देशनमा तयार गीतको भिडियोमा सारिका केसी, दिनेश पुरीको अभिनय छ । 

    गरिवीका कारण परिस्थितिले परदेशिन वाध्य युवाहरूको पीडा र व्यथालाई गीत र भिडियोले पेस गरेको छ । बुढी आमा र भर्खर विवाह गरेकी श्रीमतीलाई छाडेर परदेशिन बाध्य युवकको कथा भिडियोमा हेर्न सकिन्छ ।

    नवराज उप्रेतीको छायांकन रहेको म्युजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । शनिवार सार्वजनिक गीतले राम्रो भ्युजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १७:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij