Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सुरक्षा पन्तले सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्वीर, भोलि सौराहामा विवाह

सुरक्षा पन्तले सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्वीर, भोलि सौराहामा विवाह


  • 2.4K
    Shares

    सुरक्षा पन्तले सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्वीर, भोलि सौराहामा विवाह
    images

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

    बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् । भोलि दुई जनाबीच भरतपुरमा वैवाहिक कार्यक्रम हुँदैछ ।

    विवाहको ठाउँलाई गोप्य राखिएको छ भने विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १६:३७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij