Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

२० घण्टामै ६ लाखले हेरे ‘छक्का पञ्जा ४’ को गीत ‘सिरूपाते जुँगामा’

२० घण्टामै ६ लाखले हेरे ‘छक्का पञ्जा ४’ को गीत ‘सिरूपाते जुँगामा’


  • 2.1K
    Shares

    २० घण्टामै ६ लाखले हेरे ‘छक्का पञ्जा ४’ को गीत ‘सिरूपाते जुँगामा’
    images

    ‘छक्का पञ्जा ४’ चलचित्रको दोस्रो गीत ‘सिरूपाते जुँगामा’ले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । चलचित्र प्रदर्शनको पाँच दिनपछि मंगलवार युट्युबमा सार्वजनिक यो गीतले २० घण्टामै झन्डै ६ लाख भ्युज पाएको छ ।

    गीत युट्युब ट्रेन्डिङमा अगाडि आइरहेको छ । यो गीतको टुक्का टिकटक लगायतका सामाजिक सञ्जालमा भने चलचित्र रिलिजअघि नै हिट भइसकेको थियो । 

    चलचित्रमा समावेश अर्को गीत ‘दर्शन सलाम’लाई पनि स्रोता दर्शकहरुले रुचाएका छन् ।शंकर अधिकारी ‘घायल’को शब्द रहेको ‘सिरूपाते जुँगामा’ गीतमा बाबुल गिरीको संगीत एवं स्वर छ । आयुष खतिवडा र पवित्रा गुरुङले गीतमा कोरस स्वर दिएका छन् ।

    भिडियोमा चलचित्रका कलाकारहरू दीपकराज गिरी र बेनिशा हमाल रोमान्टिक रुपमा प्रस्तुत छन् । केदार प्रसाद घिमिरे, दीपाश्री निरौला, राज आचार्य लगायतका अन्य कलाकारहरू समेत भिडियोमा फिचर्ड छन् । हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ले हलमा आक्रामक व्यापार गरिरहेको छ ।

    चलचित्रमा बुद्धि तामाङ, निर्मल शर्मा, बेदना राई, सुष्मा निरौला लगायतको समेत शीर्ष भूमिका छ । राजनीतिक कथावस्तुलाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ ।

    निर्माता एवं अभिनेता गिरीले चलचित्रको व्यापारलाई आफूहरूको अहिलेसम्मकै उत्कृष्ट सप्‍ताह भनेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १२:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij