Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एम्बाप्पे बने पिएसजीका उच्च गोलकर्ता

एम्बाप्पे बने पिएसजीका उच्च गोलकर्ता


  • 2.3K
    Shares

    एम्बाप्पे बने पिएसजीका उच्च गोलकर्ता
    images

    काठमाडौँ । किलियन एम्बाप्पे पिएसजीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । एम्बाप्पेले गएराती सम्पन्न खेलमा नान्टेजविरुद्ध गोल गर्दै पिएसजीका लागि सर्बाधिक गोलकर्ता बनेका हुन् ।

    एम्बाप्पेले पिएसजीका लागि अहिलेसम्म २०१ गोल गर्दै यस्तो रेकर्ड बनाएका हुन् । यस अघि पिएसजीका लागि २०० गोल गर्दै उरुग्वेका एडीनसन कभानी उच्च गोलकर्ता रहेका थिए ।

    एम्बाप्पे  २०१७ देखि पिएसजीका लागि खेलिरहेका छन् । त्यसअघि उनी मोनाकोबाट खेल्ने गर्दथे ।उनले पिएसजीका लागि २४७ खेल खेल्दै २०१ गोल गरेका छन् ।

    पिएसजीका लागि कभानीले २०० गोल गर्दै दोस्रो स्थानमा झरेका छन् भने जलाटन इब्रहिमोभिचले १५६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

    त्यसैगरी नेइमारले ११८ गोल गर्दै चौथो र पोर्चुगलका पाउलेटाले १०९ गोपल गर्दै पाँचौं स्थानमा रहेका छन् ।  

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १३:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij