Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, अन्य पदमा को को?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, अन्य पदमा को को?


  • 2.2K
    Shares

    चलचित्र पत्रकार संघको अध्यक्षमा  बलामी निर्वाचित, अन्य पदमा को को?
    images

    नेपाल चलचित्र पत्रकार संघले नयाँ नेतृत्व पाएको छ। समीर बलामीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरिएको हो। चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। 

    संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ विजयी भएका छन्। यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भए। 

    संघको महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेश सचिवमा उद्धव रसाइली विजयी भएका छन्। यस्तै, कोषाध्यक्षमा मनिषा कार्की विजयी हुँदा सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध भएका छन्। 

    यस्तै, संघको कार्यसमिति सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाईं, अर्जुन गुरागाईं र कृष्ण पाण्डे विजयी भएका छन्।

    संघको महिला सदस्यतर्फ सुष्मा कार्की विजयी भएकी छन्। संघको समावेशी सदस्यमा मोहमद जलिम विजयी भएका छन्।

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - १४:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij