Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सिरियामा इजरालयको मिसाइल प्रहार हुँदा, कम्तीमा १५ जनाको मृत्यु

सिरियामा इजरालयको मिसाइल प्रहार हुँदा, कम्तीमा १५ जनाको मृत्यु


  • 2.2K
    Shares

    सिरियामा इजरालयको मिसाइल प्रहार हुँदा, कम्तीमा १५ जनाको मृत्यु

    आइतवार बिहानै इजरायलले सिरियाको राजधानी दमस्कसमा मिसाइल प्रहार गरेको छ। दमस्कसको एक भवनमा मिसाइल प्रहार हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ। काफर सोउसेको रिहायसी इलाकामा भएको घटनामा परी केही व्यक्तिहरु घाइतेसमेत भएका छन्।

    यो क्षेत्रमा सिरियाका सुरक्षा एजेन्सी, इन्टेलिजेन्स हेडक्वार्टर तथा वरिष्ठ सैन्य अधिकारिहरुको घर रहेको बताइएको छ।

    सिरियाको रक्षा मन्त्रालयले गोलन हाइट्सको तर्फबाट अरु क्षेत्रमा पनि इजरायलले हवाई हमला गरेको थियो। इजरायलले कयौपटक यसअघि पनि दमस्कस आसपासलाई लक्षित गर्दै हमलाहरु गरेको थियो। तर रिहायसी इलाकामा भने पहिलो एअर स्ट्राइक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु जनाएका छन्। एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १४:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij