Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कहिले काहीँ किन निदाउँछ हाम्रो हातगोडा ?

कहिले काहीँ किन निदाउँछ हाम्रो हातगोडा ?


  • 2.3K
    Shares

    • images
    कहिले काहीँ किन निदाउँछ हाम्रो हातगोडा ?
    images

    कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ । लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ ।

    हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।

    किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा । खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ ।

    अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ ।

    यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न ग–यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

    यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले भएको हुनसक्छ ।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १३:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij