Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्दै

मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्दै


  • 2.2K
    Shares

    मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्दै

    मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आफ्नाे जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ४८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी रमावादीन गा.बि.स.) का बासिन्दाहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्र (साविक सिद्धकाली, सिद्धपोखरी र माबाबीन गा.वि.स. बाहेक) संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि २ लाख ७१ हजार २९१ कित्ता शेयर शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १०:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij