Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?


  • 869
    Shares

    सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री गरेको थियो।  सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता आइपीओ जारी गरेको छ।

    ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख २० हजार ३४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयर माग भएको थियो। जसमा २५ लाख ८० हजार ४७० आवेदकबाट परेको २ करोड ७७ लाख ३ हजार ८८० कित्ता शेयर सदर भएको छ भने ३९ हजार ८७१ आवेदकबाट माग भएको ४ लाख ६१ हजार ७० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने सदर आवेदकमध्ये २४ लाख ५१ हजार ८२० आवेदकको हात खाली भएको छ।

    नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सकिनेछ।

    अनलाइनमा सार्वजनिक भएपछि यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ। सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ 

    बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/ ipo-fpo- share-allotment-check 

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login 

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १०:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij