Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर प्रोजेक्ट, क-कसले भर्न पाउँछ ?

आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर प्रोजेक्ट, क-कसले भर्न पाउँछ ?


  • 666
    Shares

    आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर प्रोजेक्ट, क-कसले भर्न पाउँछ ?

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो।

    नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।

    पहिलो चरणमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि जारी गर्दैछ। त्यसमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दालाई ५० प्रतिशतले हुन आउने ५ लाख २० हजार कित्ता, आयोजनाबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३० प्रतिशतले हुन आउने ३ लाख १२ हजार कित्ता र आयोजनाबाट न्यून प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई २० प्रतिशतले हुन आउने २ लाख ८ हजार कित्ता शेयर बिक्री गरिने छ।

    कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने १० लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ४ हजार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्ने भएको छ। बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    यी दुवै समूहले उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयले एनएमबि बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन्। 

    आयोजना प्रभावित स्थानीका लागि आइपीओ निष्कासन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते हुनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १०:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij