Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह


  • 1.1K
    Shares

    काठमाडौं विश्वकै प्रदूषित शहरको  स्थानमा, घरबाहिर ननिस्कन आग्रह
    images

    काठमाडौं । काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।

    वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ।

    ktm1.JPG

    प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

    विशेषज्ञका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुँवा, निर्माण कार्यबाट उड्ने धुलो तथा डढेलोका कारण पनि उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर कम निस्किन र मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।

    ktm2.JPG

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १४:१४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij