Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

बीबीसीका दिल्ली र मुम्बई कार्यालयमा मोदी सरकारको छापा

बीबीसीका दिल्ली र मुम्बई कार्यालयमा मोदी सरकारको छापा


  • 2.0K
    Shares

    बीबीसीका दिल्ली र मुम्बई कार्यालयमा मोदी सरकारको छापा
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री हुँदा हिन्दु–मुस्लिम दंगामा भूमिका खेलेको प्रमाणसहित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले सार्वजनिक गरेको वृत्तचित्रलाई लिएर राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका बीबीसी कार्यालयमा भारतको आयकर विभागले छापा हानेको छ।

    भारतीय सञ्चार माध्यमका अनुसार सरकार अधीन रहेका आयकर विभागका वरिष्ठ अधिकारीले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा हानेका हुन्।

    छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको बताइएको छ। आजतकका अनुसार सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छाडेर घर जान भनिएको छ। बेलायतको लन्डनस्थित बीबीसी मुख्यालयमा छापामारीको कारबाहीबारे भारतले जानकारी गराएको बताइएको छ। खानतलासीका क्रममा पत्रकारको मोबाइल जफत गरिएको भारतीय टेलिभिजन एनडीटिभीले बताएको छ।

    केही दिनअघि बीबीसीले गुजरात दंगामा मोदीले जानाजान मुसलमानमाथि अत्याचार गरेको सम्बन्धी वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्र भारतको सूचना प्रसारण मन्त्रालयले प्रतिबन्ध लगाएको छ। वृत्तचित्र हेर्ने कलेजका विद्यार्थीलाई मोदी सरकारको निर्देशनमा निष्कासित गरिएको छ।

    भारतमा नरेन्द्र मोदीको सरकारले सञ्चार माध्यमलाई बिजेपी प्रचारको माध्यम बनाएको र वाक तथा प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको आरोप लागिरहेका बेला बीबीसीका कार्यालय निशानामा परेका हुन्।

    प्रतिपक्षी कंग्रेस आईले भन्यो–आपतकाल

    भारतीय सञ्चार माध्यम गोदी मिडियामा परिणत भइसकेकाले नागरिकका पीरमर्कामा साथ नदिएको आरोप लगाउँदै प्रतिपक्षी कंग्रेसले यस घटनालाई आपतकालको संज्ञा दिएको छ।

    उसले भनेको छ–पहले बीबीसीको डकुमेन्ट्री सार्वजनिक गरियो। त्यसपछि त्यसलाई बन्द गराइयो। अब स्वतन्त्र समाचार संस्था बीबीसीमाथि मोदी सरकारका आइडी अधिकारीले छापा हाने।–एजेन्सी

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १५:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij