Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि खसाल्यो

अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि खसाल्यो


  • 2.2K
    Shares

    अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि खसाल्यो
    images

    अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानामा अर्को उड्ने वस्तुलाई खसालेको छ। अमेरिकाले पछिल्लो एक हप्तायता आफ्नो देशको आकाशमा उडिरहेको वस्तु खसालेको यो चौथोपटक हो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशपछि सोमबार बिहान क्यानडाको सीमा नजिक हुरोन तालमा लडाकु विमानहरूले यो उडान वस्तुलाई खसालेका हुन्। अमेरिकाले २० हजार फिटको उचाइमा उडेको उक्त वस्तुले हवाई उडानमा अवरोध गर्न सक्थ्यो।

    यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक देखिएको थियो। रक्षा अधिकारीहरूका अनुसार उक्त वस्तु मानवरहित थियो र यसले कुनै सैन्य खतरा उत्पन्न गरेको थिएन। यो वस्तुलाई एफ–१६ लडाकु विमानले खसालेको हो।

    यसअघि फेब्रुअरी ४ मा अमेरिकाको आकाशमा एउटा बेलुन देखिएको थियो, जसलाई अमेरिकी सरकारले चीनको जासुसी बेलुन भनेको थियो।

    यस विषयमा चीनले यो मौसमको जानकारी सङ्कलन गर्न पठाइएको बेलुन भएको बताएको थियो, जसले बाटो बिराएको थियो। 

    शंकास्पद बेलुनका कारण अमेरिका र चीनबीच तनाव बढेको थियो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्दसमेत गरेका थिए। बीबीसी

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - ११:०५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij