Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

टर्की भूकम्प : १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको संख्या २८ हजार नाघ्यो

टर्की भूकम्प : १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको संख्या २८ हजार नाघ्यो


  • 2.0K
    Shares

    टर्की भूकम्प : १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको संख्या २८ हजार नाघ्यो
    images

    टर्कीमा गत सोमबार बिहान गएको शक्तिशालीबाट भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार कार्य जारी छ । भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षीय बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

    अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर स्ट्रेचरमा राखिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

    भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ । भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखिएका छन् ।  

    मृतकको संख्या २८ हजार नाघ्यो  

    भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । त्यस्तै, हजारौं मानिस घाइते भएका छन् । ​भूकम्पबाट टर्कीमा अहिलेसम्म २४ हजार ६२७ जना र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरवारविहीन भएका अनुमान गरेको छ । 

    टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न प्रयासरत छन् ।  

    भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार १ सय ५ घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका प्रमुखले १ सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् । 

    टर्कीको कहरामनमारस प्रान्तमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले खोज तथा उद्धारमा टर्कीले गरेका प्रयासको सराहना गरेका छन् ।

    उनले सिरियामा पनि सहायता सामग्री परिचालन गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्नेभन्नेमा स्पष्ट भएको छैन ।

    जर्मनीका सहायताकर्मी तथा चिकित्सकाले टकीएको हताएमा असुरक्षाका कारण सेवा स्थगन गरेका छन् भने सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकहरूले बताएका छन् 

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १३:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij