Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

फिलिपिन्समा दुईवटा भ्यान ठोकिदा ६ प्रहरीसहित सातको मृत्यु, २२ जना घाइते

फिलिपिन्समा दुईवटा भ्यान ठोकिदा ६ प्रहरीसहित सातको मृत्यु, २२ जना घाइते


  • 2.0K
    Shares

    फिलिपिन्समा दुईवटा भ्यान ठोकिदा ६ प्रहरीसहित सातको मृत्यु, २२ जना घाइते
    images

    दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा ६ प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । 

    मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालवाहक ट्रकलाई उछिन्न खोज्दा आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएका एक प्रहरीको अवस्था गम्भीर छ ।   

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १२:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij