उनीहरु दुवैजना एक नाइट क्लबमा आयोजित सांगीतिक कार्यक्रममा गइरहेका बेला गोली हानिएको हो। यी दुईजनाको हत्याको कारण अहिलेसम्म खुलिसकेको छैन। पुलिसका अनुसार यस हत्याकाण्डको अहिले जाँच चलिरहेको छ।
पुलिसका प्रवक्ता कर्नल रोबर्ट नेत्शिउन्डाले बताए अनुसार र्यापर एकेए र उनका साथी आफ्नो कारमै सवार थिए। त्यही बेला दुईजना हतियाराधारीहरुले नजिकै आएर उनीहरुमाथि गोली हानेका थिए। गोली हानेपछि हमलाकारी पैदलै भाग्न सफल भए।
पुलिसका अनुसार यो हत्याकाण्डबारे अहिले नै कुनै कुरा अन्दाज गर्न मुस्किल छ। यो हत्याकाण्ड 'हिट एन्ड रन' को मामिला पनि हुन सक्ने प्रहरीको भनाइ छ। तर प्रहरीले अन्य सम्भवनाबारे पनि खोजी गरिरहेको छ।
दैनिक हुने हत्याका घटनामा हेर्ने हो भने दक्षिण अफ्रिका विश्वके अग्रपंक्तिको देशमा आउँछ। गोलीकाण्डका घटना यो देशका लागि सामान्य जस्तै भइसकेका छन्।
'गन फ्री साउथ अफ्रिका' नामको एक संस्थाको अनुमान अनुसार यस देशमा प्रतिदिन ३२० जनाको गोली हानेर हत्या हुने गरेको छ। एकेएले आफ्नो संगीत करिअर र्याप ग्रुप 'एन्टिटी' को एक सदस्यका रुपमा सुरु गरेका थिए। त्यसपछि उनी एक्लै गाउने गर्थे।
गायन यात्राका क्रममा उनलाई दक्षिण अफ्रिकामा कयौँ पुरस्कारबाट सम्मान गरिएको थियो। हत्याकाण्डपछि सामाजिक सञ्जालमा एकेएका मित्र मोत्सोनेलाई मानिसहरुले 'एक सच्चा मानिस' भनिरहेका छन्।
एकेएको नाम अमेरिकामा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजन (बीईटी) अवार्ड र एमटीभी युरोप म्युजिक अवार्डका लागि नोमिनेट भएको थियो।
हत्याको केही घण्टापहिले उनले सामाजिक सञ्जालमा आगामी एल्बम 'मास कन्ट्री' बारेमा एक पोस्ट गरेका थिए। यो एल्बम यसै महिनाको अन्त्यमा रिलिज गर्ने तयारी थियो।
एकेएका माता-पिताले आफ्नो सामाजिक सञ्जालमा लेखेको एक सन्देशमा छोरालाई श्रद्धाञ्जली दिएका छन्। 'किएरनन ज्यारिड फोर्ब्स हाम्रा लागि एक छोरा, भाइ, नाति, भतिजा र साथी थिए। उनी आफ्नी छोरी काहिराका पिताका रूपमा हाम्रा प्रिय थिए।'
उनीहरुका अनुसार कयौँ मानिस उनलाई एकेए, सुपा मेगा, भोवा र अन्य कयौँ प्यारो नामले बोलाउँथे। 'मानिसहरुले हाम्रो छोरोलाई धेरै माया दिए। त्यसको बदलामा उनले पनि माया दिएका थिए', बाबुआमाले भनेका छन्।