Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

टर्की भूकम्प अपलोड : २० हजारभन्दा बढी मानिसको मृत्यु

टर्की भूकम्प अपलोड : २० हजारभन्दा बढी मानिसको मृत्यु


  • 1.9K
    Shares

    टर्की भूकम्प अपलोड : २० हजारभन्दा बढी मानिसको  मृत्यु
    images

    गत सोमबार गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी टर्की र सिरियामा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

    समाचार संस्था रोयटर्सका अनुसार टर्कीमा शुक्रबार बिहानसम्म १७ हजार  ४ सयभन्दा बढी र सिरियामा ३ हजार ३ सय मानिसको मृत्यु भएको पुष्टि भएको छ।

    अब दुबै देशमा भत्किएका संरचनाभित्र पुरिएका मानिसहरूको उद्धार हुन सक्ने सम्भावना न्यून भएको छ। योसँगै मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ। टर्कीमा मात्रै ६ हजार ५ सय वटा भवनहरू भत्किएका छन् भने थुप्रैमा गम्भीर क्षति भएको छ।

    भूकम्प पीडितहरू हिउँको चिसो खप्दै खुला आकाशमुनि रात बिताउन बाध्य छन्। द्वन्द्वग्रस्त उत्तरी सिरियामा अन्तर्राष्ट्रिय समुदायले पठाएको राहत पनि प्रभावकारी रूपमा पुग्न सकेको छैन।

    स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।

    विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए। आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए।

    अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो।

    भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्।  

    टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू-भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १०:४९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij