Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

आज सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


  • 2.5K
    Shares

    आज सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौँ । सुपरमादी हाइड्रोपावरले आज साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओको निष्काशक तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सेयर बाँडफाँट गरेको हो ।

    सेयर बाँडफाँटपछि १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीको आईपीओमा कूल १३ लाख ४ हजार २०८ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ हजार ५१५ जनाको आवेदन रद्द भएको थिए । आयोजनाले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ जारी गरेको थियो ।

    यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख १० हजार कित्ता सेयर छुट्याइएको थियो भने सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, आयोजना प्रभावित स्थानीयका लागि ४२ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

    यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ। 

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - ११:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij