Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्रिकेट संघको बैठक पोखरामा, ७ केन्द्रीय सदस्यले लिखित रुपमै मागे अध्यक्षको राजीनामा

क्रिकेट संघको बैठक पोखरामा, ७ केन्द्रीय सदस्यले लिखित रुपमै मागे अध्यक्षको राजीनामा


  • 1.6K
    Shares

    • images
    क्रिकेट संघको बैठक पोखरामा, ७ केन्द्रीय सदस्यले लिखित रुपमै मागे अध्यक्षको राजीनामा
    images

    नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।

    मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

    नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् ।

    अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

    उनीहरुमध्ये ६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थताका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १४:५७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij