२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सामान्य अंकले सुधार देखिएको छ । मंलगबार नेप्से सूचकांक २७ अंकले गिरावट आएको बजारमा बुधबार भने ८.६६ अंकले सुधार देखिएको हो । बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको छ ।
बुधबार वाणिज्य बैंकमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ । जसमा ग्लाृेबल आइएमई, नेपाल क्रेडिट एण्ड कमर्श बैंक९एनसीसी० र प्रभु बैंकका लगानीकर्ताले बढी कमाएका छन् । बुधबार एनसीसी बैंकको ८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमइ बैंकको ११ लाखभन्दा बढीको कारोबार भएको भने प्रभु बैंकको ९ लाखभन्दा बढी शेयर खरिद विक्री भएको छ ।
बुधबार बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij