Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बिग बास लिगका लागि सन्दीप नेपाल आएर मात्रै अष्ट्रेलिया जाने

बिग बास लिगका लागि सन्दीप नेपाल आएर मात्रै अष्ट्रेलिया जाने


  • 10.4K
    Shares

    बिग बास लिगका लागि सन्दीप नेपाल आएर मात्रै अष्ट्रेलिया जाने
    images

    काठमाडौं । नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने नेपाल फर्किएर मात्र बिग बास लिगका लागि अष्ट्रेलिया जाने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि युएईमा रहेका सन्दीप केहि साता नेपाल बसेर अष्ट्रेलिया जाने भएका हुन् ।

    बिग बासमा सन्दीपले खेल्ने टिम अझै तय भएको छैन । सन्दीप अनुबन्धका लागि थुप्रै क्लबले चासो देखाएपनि औपचारिक सम्झौता भएको छैन । सन्दीपले यस सिजनको आईपीएलमा मैदान उत्रने मौका पाएनन् ।

    सन्दीप आबद्द टिम दिल्ली क्यापिटल्स मंगलवार भएको फाइनलमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली ५ विकेटले पराजित भएको थियो । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट शुरु हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij