Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै

आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै


  • 9.1K
    Shares

    आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै

    काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट सुरू हुने छ ।

    उपाधिका लागि सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स भिड्ने छन् । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । दिल्ली भने पहिलो पटक फाइनलमा पुगेर इतिहास रचेको छ ।

    दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो ।

    यसपट उपाधि जित्दै दिल्लीले अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ ।

    दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । आईपीएल सन् २००८ बाट सुरु भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:०३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij