Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अनुहारको चमक बढाउन कस्तो योगासन गर्ने ?

अनुहारको चमक बढाउन कस्तो योगासन गर्ने ?


  • 2.9K
    Shares

    • images
    अनुहारको चमक बढाउन कस्तो योगासन गर्ने ?
    images

    योगलाई शरीरको प्राकृतिक औषधि भन्दा फरक नपर्ला । शरीर स्वस्थ र आकर्षक बनाउने विभिन्न उपायमध्ये योग पनि एक हो । योगले शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने  मात्र गर्दैन, अनुहारको चमक बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

    अनुहारमा चमक ल्याउन अहिले महंगो सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ, तर यसको सट्टा योग गरे फाइदा पुग्छ । शरीरको पहिलो कर्षणको केन्द्र अनुहारको सुन्दरताका लागि दुई प्रणालीको भूमिका हुन्छ, रक्तसञ्चार प्रणाली र पाचनप्रणाली ।

    दुवै प्रणालीमा केही कतै गडबड भयो भने त्यसको असर अनुहारमा पर्छ । मानसिक र भावनात्मक रुपमा मानिसमा के चलिरहेको छ त्यो अनुहारबाट झल्किन्छ । केही कुराले ठेस पुग्दा मानिसको अनुहारको प्रतिक्रिया नै फरक हुन्छ । कोही  निराश हुँदा अँध्यारो अनुहार भयो पनि भन्ने गरिन्छ ।

    मानिस रिसाउँदा अनुहारको कान्ति हराउँछ भने हाँस्दा वा खुसी हुँदा चमक आउँछ । अनुहारमा प्राकृतिक चमक र निखारता ल्याउन शरीर स्वस्थ हुन जरुरी छ ।

    केही यस्ता योगाभ्यास छन् जुन नियमित गर्दा अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।

    सूर्य नमस्कार

    बिहान सूर्योदयभन्दा पहिला उठेर उदाएको सूर्यको (मधुर प्रकाश) लालीसँगै सूर्य नमस्कार गनुपर्छ । पूर्व फर्किएर पसिना नआउँदासम्म दैनिक सूर्य नमस्कारको दैनिक अभ्यास गर्नुपर्छ । पसिना नसुक्ने समयसम्म त्यही बसिरहने गर्नुपर्छ । यसले पूरा शरीरको व्यायाम हुने र रक्तसञ्चार प्रणाली राम्रोसँग सक्रिय हुने र लालीले दिने ऊर्जा शरीरले ग्रहण गर्न पायो भने ठूलो भूमिका हुन्छ ।

    नाडी सोधन प्राणायाम

    प्राणायामका अभ्यास पनि अनुहारको लागि थप ऊर्जा दिने अभ्यास हो । नाडी सोधन प्राणायाम शरीरमा भएको नाडी शुद्ध गर्नको लागि गरिन्छ । यसले शरीरमा भएको विकार हटाउन ठूलो भूमिका खेल्छ ।

    कुम्बक अभ्यास 

    श्वासलाई पूरै बाहिर फाल्ने र श्वासलाई रोक्ने प्रक्रिया हो । कुम्बक अभ्यासले शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको अभ्यासले अनुहारमा चमक र आत्मबल आउने, अनुहारलाई ऊर्जा भयो, प्रेरणाले ओतप्रोत भयो भने उसको आँखा, अनुहारको चमक आकर्षित पार्ने खालको हुने गर्छ ।

    जलनेतिको अभ्यास

    जलनेति प्रक्रिया योगको प्रमुख भाग हो । दैनिक जलनेतिको अभ्यास गर्नुपर्छ । यसले पेटमा भएको विकार हटाउँछ । विकार हटेपछि अनुहारको चमक बढाउँछ । जसले गर्दा शरीर र अनुहार दुवै स्फूर्त देखिन्छ । शारीरिक र भावनात्मक शुद्धिकरण गर्छ ।

    ध्यान पनि अनुहारको लागि राम्रो अभ्यास मानिन्छ । ध्यानलाई योग निद्राको अभ्यास पनि भनिन्छ । सुतेर शवासनकै स्थितिमा ध्यान गर्ने गर्नुपर्छ । यसले मानसिक अन्तरद्वन्द हटाएर त्यसमा स्पष्ट बनाइदिन्छ  र तनाव हट्दै गएपछि अनुहार स्वतः स्फूर्त हुन्छ ।

    हलासन र सर्वांगासन

    हलासन र सर्वांगासनले अनुहार र टाउकोमा रगतको प्रवाह बढाउँछ । परिणामस्वरूप अनुहारको छालामा निखारता ल्याउँछ ।  साथै दुवै अभ्यासले डण्डीफोरबाट मुक्ति गराउन पनि मद्दत गर्छ ।

    त्रिकोणासन

    अनुहारको चमक बढाउन यो अभ्यास पनि निकै महत्वपूर्ण मानिन्छ । अनुहार र टाउकोमा रक्तसञ्चारमा वृद्धि गर्छ । अक्सिजनको अत्यधिक मात्रामा आपूर्तिले अनुहारको छालामा चमक वृद्धि गर्छ ।

    भुजंगासन

    ढाड र काँधमा देखिने कडापन घटाउन भुजंगासनले मद्दत गर्छ । यसले आराम दिएर मानिसको मनोदशालाई राम्रो बनाउँछ । जसले अनुहारलाई सुन्दर र लचिलो बनाउँछ ।

    शिशुआसन

    शिशुआसनले पनि टाउकोको भागमा रक्तसञ्चार बढाउँछ । जसले तनाव र थकावट हटाएर अनुहारमा चमक ल्याउँछ ।

    अनुहार र शरीरकै मालिस पनि बेलाबखतमा गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ । त्यसबाहेक अनुहारको विशेष व्यायाम गर्न सकिन्छ ।

    प्रकाशित मिति :पौष १४ २०७९ बिहिवार - १५:०३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij