Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आफ्नो घरमै बनाउनुस् यसरी चिकेन तन्दुरी

आफ्नो घरमै बनाउनुस् यसरी चिकेन तन्दुरी


  • 3.2K
    Shares

    आफ्नो घरमै बनाउनुस् यसरी चिकेन तन्दुरी

    तन्दुरी चिकेन र बटर नान खाने अधिकांशको रुचि हुन्छ । यो परिकार खान रेस्टुरेन्ट नै धाउनुपर्छ भन्ने छैन । तपाईले घरमै पनि यी परिकार बनाउन सक्नुहुन्छ । 

    सामग्री
    चिकेन पाँच सयदेखि सात सय ग्राम, तोरीको तेल, बटर ९डेढ चम्चा०, कासुरी मेथी, अदुवा–लसुन पेस्ट, कागती, तन्दुरी कलरपिन्च, रोगन डेगीमिर्च ९एक–एक चियाचम्चा०, कालो नुन, ९आधा चम्चा० इन्डियन मिक्स मसला ९एक टेबल चम्चा० र बिर्को लगाउन मिल्ने ननस्टिक डिपप्यान या बाक्लो तावा ।

    विधि 
    सम्पूर्ण मसला हाली चिकेनलाई मोलेर पाँचदेखि सात घन्टा राख्ने, त्यसपछि ननस्टिक प्यान तताएर चिकेनलाई एक–एक गरी डाम्न सुरु गर्नुपर्छ । पानीको मात्रा बिस्तारै सुक्दै जान लागेपछि बिर्कोले छोप्ने अनि बिस्तारै चिकेनलाई फर्काउँदै पकाउने ।

    अन्त्यमा तेल तातेर झरिलो बलेपछि चिकेन राख्ने । त्यसमा एक चम्चा घिउ वा बटर हालेर धुप निकाल्ने । त्यसपछि बिर्कोले छोपेर राख्ने । केही समयपछि बिर्को खोल्दा बास्नादार स्मोकी चिकेन तयार भएको पाउनुहुनेछ ।

    त्यसपछि एक चम्चा चाट मसला, निम्बुको रस र आधा चम्चा घिउ हालेर पाकेको चिकेनलाई मोल्ने र पुदिनाको अचारसँग बटर नान र चिकेन तन्दुरी खान सुरु गर्दा हुन्छ । 

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - ११:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij