Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

तातो पानी र कागती खानुको ५ फाइदा

तातो पानी र कागती खानुको ५ फाइदा


  • 3.9K
    Shares

    • images
    तातो पानी र कागती खानुको ५ फाइदा
    images

    बिहान उठ्नसाथ तातो चिया घुट्क्याउने बानी धेरैको हुन्छ । तर, खाली पेटमा तातो चिया पिउनु त्यती लाभदायक मानिदैन । अहिले स्वास्थ्यप्रति सचेत वर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन्, जो एकदमै फाइदाजनक हुन्छ । तर, मनतातो पानी भन्दा सर्बोत्तम हुन्छ तातो कागती पानी । कसरी त ? जानौं यसको पाँच फाइदा ।

    १. यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।

    २. यदि तपाईले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

    ३. यसले तपाईको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

    ४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

    ५. यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाई ताजगी महसुष गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सिले तपाईलाई फाइदा पुग्छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - १४:४७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij