२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक मात्र खेल हुने भएको छ ।
राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ ।
अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म १–१ खेल मात्र जित्न सफल भएका छन् । वालिङ अंक तालिकको पाँचौ स्थानमा छ भने चन्द्रपुर छैठौं स्थानमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij