Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित


  • 8.3K
    Shares

    नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

    काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको हो ।

    कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भनिएको थियो । कतारले प्रतियोगिता स्थगित गरेपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १६:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij