२०८२ फाल्गुण २२ गते शुक्रवार
अस्कर अवार्ड विजेता अभिनेत्री लुई फ्लेचरको निधन भएको छ। उनी ८८ वर्षकी थिइन्। शुक्रबार फ्रान्सस्थित आफ्नै घरमा उनको निधन भएको जनाइएको छ।
उनले मिलो फोरम्यान निर्देशित ‘वन फ्ल्यिु ओभर द कुकुज् नेस्ट’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन्।
मानसिक रोगीहरुमाथिको दमनको कथा भन्ने यो फिल्मले १९७६ मा पाँच वटा अस्कर जितेको थियो।
सो फिल्ममा उनले नर्स र्याचेटको भूमिका निर्वाह गरेकी थिइन्, जसको सर्वत्र प्रशंसा भएको थियो। पछिल्लो समय २०१३ मा उनी एक फिल्ममा देखिएकी थिइन्। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij