Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अफगानिस्तानको काबुलमा विष्फोट, तीनजनाको मृत्यु

अफगानिस्तानको काबुलमा विष्फोट, तीनजनाको मृत्यु


  • 1.9K
    Shares

    अफगानिस्तानको काबुलमा विष्फोट, तीनजनाको मृत्यु
    images

    अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ।  

    घटनामा परी थप १३ जना मानिस घाइते भएका छन्। काबुल प्रहरी प्रमुखलका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विष्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो। 

    विष्फोटबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ। अहिलेसम्म यो विष्फोटको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन।

    अफगानिस्तानमा गत वर्षको अगष्टमा तालिबान सत्तामा आएसँगै इस्लामिक स्टेटको क्षेत्रीय संगठन इस्लामिक स्टेट इन खुरासन प्रान्तले देशभरका मस्जिद तथा अल्पसंख्यकमाथि आक्रमण बढाएका छन्। 

    अफगानिस्तानमा तालिबानको सरकारको लागि आईएससँग लड्नु ठूलो चुनौतीको रुपमा देखिएको छ। तालिबानले पनि आईएसविरुद्धको आक्रमण तीव्र पारेको छ। 

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - ११:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij