Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन, हजारौं प्रदर्शनकारी पक्राउ

सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन, हजारौं प्रदर्शनकारी पक्राउ


  • 3.1K
    Shares

    सेना परिचालन गर्ने पुटिनको आदेशपछि रुसमा प्रदर्शन, हजारौं प्रदर्शनकारी पक्राउ

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो ।

    सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।

    जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् ।

    एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् ।

    टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक भएका जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १०:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij