Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ब्राजिलमा कन्टेनर डिपो भत्कँदा ९ जनाको मृत्यु

ब्राजिलमा कन्टेनर डिपो भत्कँदा ९ जनाको मृत्यु


  • 1.6K
    Shares

    ब्राजिलमा कन्टेनर डिपो भत्कँदा ९ जनाको मृत्यु
    images

    ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कँदा नौ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । 

    दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट  घाइतेहरूको उद्धार गरिएको उनले बताइन् । 

    यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए । डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । 

    प्रकाशित मिति :आश्विन ५ २०७९ बुधवार - ११:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij