२०८२ कार्तिक १५ गते शनिवार
पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरूको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरूले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij