Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अमेरिकामा उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु

अमेरिकामा उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु


  • 2.5K
    Shares

    अमेरिकामा उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु
    images

    काठमाडौँ- अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको बोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

    सेस्ना १७२ र सोनेक्स जेनोक्स नामक दुई विमान बीच आकाशमा ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीले जनाएका छन् ।कोलोराडो राज्यको लङ्गमनस्थित भान्स ब्राण्ड विमानस्थल नजिकै दुर्घटना भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

    बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २ २०७९ आइतवार - १६:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij