२०८२ कार्तिक १५ गते शनिवार
ताइवानमा २४ घण्टाभित्र आइतबार फेरि दोस्रो पटक ठूलाे भूकम्प गएको छ । दोस्रो पटक गएको भूकम्प ७.२ रेक्टर स्केलको भएको बताइएको छ ।
दोस्रो भूकम्पले ताइवानको युजिङ जिल्लालाई बढी असर गरेको छ । भूकम्पले ठूलाे नाेक्सान गरेकाे अनुमान गरिएकाे छ ।
यसअघि शनिबार पनि ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । शनिबारको भूकम्प ताइवानको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर अएको थियो ।
त्यो भूकम्पले त्यहाँको एउटा भवन ढलेको थियो भने सडकहरु फाटेका थिए । भूकम्पका कारण समुद्रमा सुनामी आउनसक्ने संभावना बढेकाे छ । स्थानीयलाई सुरक्षित ठाउँमा जान त्यहाँकाे सरकारले अनुराेध गरेकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij