Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु

ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु


  • 2.1K
    Shares

    ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु
    images

    काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा स्वतन्त्रता दिवसका अवसरमा रमाइलो गर्ने क्रममा भएको भागदौडमा परी ९ जनाको मृत्यु भएको छ ।

    स्वतन्त्रता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा भागदौडमा परी ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

    बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर भागदौड मच्चिएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनाङ्गमा घटना भएको स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् ।

    रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ ।

    ग्वाटेमालामा हरेक वर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यस मुलुकले स्पेनी साम्राज्यबाट सन् १८२१ सेप्टेम्बर १५ मा स्वतन्त्रताको घोषणा गरेको थियो ।

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १५:४९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij