Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

युक्रेनका राष्ट्रपति सवार गाडीलाई कारले दियो ठक्कर, गम्भीर चोटबाट भने जोगिए

युक्रेनका राष्ट्रपति सवार गाडीलाई कारले दियो ठक्कर, गम्भीर चोटबाट भने जोगिए


  • 2.0K
    Shares

    युक्रेनका राष्ट्रपति सवार गाडीलाई कारले दियो ठक्कर, गम्भीर चोटबाट भने जोगिए
    images

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कारण दुर्घटनामा परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनको कारण एक निजी कारसँग ठोक्किएको हो।

    सरकारका प्रवक्ता सर्गी निकिफोरोभले दिएको जानकारीअनुसार जेलेन्स्कीलाई गम्भीर चोट भने लागेको छैन। दुर्घटनामा परी कारका मलिक पनि घाइते भएका छन्।

    उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। अधिकारीहरुका अनुसार यो दुर्घटनाको सबै पक्षबारे अनुसन्धान भइरहेको छ। 

    यसअघि जेलेन्स्की रुसको कब्जाबाट छुटाएको इजियम सहरमा पुगेका थिए। भ्रमणको क्रममा उनले झण्डा फहाराउने कार्यक्रममा भाग लिएका थिए।

    पछिल्लो समय युक्रेनी सेनाले रुसी कब्जाबाट आफ्नो भूमि फिर्ताको प्रयास बढाएको छ। जेलेन्स्कीले यसअघि नै रुसले कब्जा गरेको आठ हजार वर्ग किलोमिटरको भूमिमा कब्जा जमाएको बताएका थिए। 

     

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १०:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij