Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

जिया खान मृत्यु प्रकरणमा उच्च अदालतले गर्यो यस्तो फैसला

जिया खान मृत्यु प्रकरणमा उच्च अदालतले गर्यो यस्तो फैसला


  • 2.0K
    Shares

    जिया खान मृत्यु प्रकरणमा उच्च अदालतले गर्यो यस्तो फैसला
    images

    जिया खानको मृत्यु वर्षौंदेखि रहस्यमै छ । हालै जिया खान आत्महत्या प्रकरणमा अभिनेत्रीकी आमा राबिया खानलाई ठूलो झट्का लागेको छ ।

    बम्बे उच्च अदालतले जिया आत्महत्या प्रकरणलाई पुनः खोल्न र नयाँ अनुसन्धान सुरु गर्नको लागि परेको निवेदन खारेज गरेको छ।

    वास्तवमा जिया खान ३ जुन २०१३ मा उनको मुम्बईको फ्ल्याटमा मृत फेला परेकी थिइन् । जिया खानको मृत्युलाई आत्महत्या भनिएपनि अभिनेत्रीकी आमाले यसलाई आत्महत्या अस्वीकार गर्दै आएकी छिन् ।

    राबिया खानले जियाका प्रेमी अभिनेता सूरज पंचोलीले अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएपछि लामो समयसम्म अनुसन्धान चल्यो । तर, अहिलेसम्म भएका सबै अनुसन्धानमा केही खुल्न सकेको छैन ।

    छोरी जिया खानको मृत्युमा सूरज पञ्चोलीको हात रहेको भन्दै राबिया खानले केही समयअघि मुम्बई उच्च अदालतमा मुद्दा पुनः खोल्न निवेदन दिएकी थिइन् । राबियाले यसअघिको अनुसन्धानमा धेरै गल्ती भएको दाबी गरेकी थिइन्, जसका कारण मुद्दाको पुनः सुनुवाइ होस् भन्ने आफू चाहन्छिन् । तर, मुम्बई उच्च अदालतले यस विषयमा पुनः अनुसन्धानको लागि याचिका दायर गर्ने निवेदन खारेज गरेको छ।

    समाचार एजेन्सी पीटीआईलाई उद्धुत गर्दै भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार न्यायाधीश एएस गडकरी र एमएन जाधवले सीबीआई अनुसन्धानमा पूर्ण विश्वास रहेको भन्दै राबियाको निवेदन खारेज गरेका हुन् ।
    साथै, सीबीआईका तर्फबाट अधिवक्ता सन्देश पाटिलले भने कि सीबीआईले यस मुद्दामा निष्पक्ष छानबिन गरेको छ, जसका कारण यो मुद्दामा पुनः अनुसन्धान गर्न आवश्यक छैन।

    प्रारम्भिक अनुसन्धानका क्रममा राबिया खानले घटनाको नयाँ अनुसन्धान हुनुपर्ने भएकाले यो जिम्मेवारी विशेष निकायलाई दिनुपर्ने र यसका लागि संघीय अनुसन्धान ब्यूरोको सहयोग लिन अपिल गरेकी थिइन् ।

    राबिया खानका वकिल शेखर जगताप र सरचिता चौधरीले मुम्बई पुलिसको प्रारम्भिक अनुसन्धानमा धेरै त्रुटि भएको तर्क गरे, त्यसपछि राबिया उच्च अदालत पुगिन्। जसका कारण सन् २०१४ मा जियाको मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । रबियाका वकिलका अनुसार सीबीआईले पनि अनुसन्धानका क्रममा धेरै गल्ती गरेको छ । यस्तो अवस्थामा उनले उच्च अदालतको स्वीकृति नपाए पनि मुद्दामा स्वतन्त्र हुन माग गरेका थिए ।

     

    प्रकाशित मिति :भाद्र २९ २०७९ बुधवार - ११:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij