Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

सहकारीको साधारण सभामामा उद्घाटन सत्र राखेर भाषण गर्न नपाइने (सूचनासहित)

सहकारीको साधारण सभामामा उद्घाटन सत्र राखेर भाषण गर्न नपाइने (सूचनासहित)


  • 2.8K
    Shares

    सहकारीको साधारण सभामामा उद्घाटन सत्र राखेर भाषण गर्न नपाइने (सूचनासहित)
    images

    काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थालाई वार्षिक साधारण सभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न  निर्देशन दिएको छ ।

    विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारण सभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारण सभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

    विभागले सहकारी संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत भनेको छ । विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न भनेको छ ।

    सभामा लेखापरीक्षण प्रतिवेदन, संचालक समितितथा लेखा समितिको प्रतिवेदन एवं पेश हुने अन्य सबै प्रतिवेदन तथा विषय उपर पर्याप्त छलफल गराएर मात्र पारित गर्न समेत निर्देशन दिएको छ।

     

     

    प्रकाशित मिति :भाद्र २९ २०७९ बुधवार - ०९:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij