२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोलखा पुगेका छन् ।
देश दौडाहामा रहेका शाह शुक्रबार ओखलढुंगाबाट फर्किएर सिन्धुलीको मुलकोट, रामेछापको मन्थली हुँदै दोलखा पुगेका हुन् ।
बालेनलाई रास्वपाका कार्यकर्ताहरूले सदरमुकाम चरिकोटमा स्वागत गरेका थिए । साह चरिकोटमा रास्वपाको कार्यक्रममा सहभागी भएर आजै सिन्धुपाल्चोक पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij