२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।
प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका छन् । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij