२०८२ कार्तिक १५ गते शनिवार
अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ।
ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने सोभियत युनियनका पूर्वसदस्य राष्ट्रहरू अजरबैजान र अर्मेनिया नागोर्नो-काराबाख क्षेत्रका विषयमा दशकौंदेखि विवादमा छन्।अजरबैजानमा पर्ने उक्त क्षेत्रको केही भू-भाग अर्मेनिया समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छ।
दुई वर्षअघि सन् २०२० मा ६ सातासम्म चलेको युद्धमा अजरबैजानले नागोर्नो-काराबाख क्षेत्रको केही भू-भागमा कब्जा जमाएको थियो। त्यो बेला ६ हजार ६ सय मानिस मारिएका थिए।
अर्मेनियाका प्रधानमन्त्री पासिनयानले सोमबार राती आधा दर्जन स्थानमा अजरबैजानी सेनाले आक्रमण गरेको बताएका छन्।दुबै देशले सोमबारको तनाव चुलिनुमा एक-अर्कालाई दोष लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij