Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

आज नेपाल आउँदै चिनियाँ नेता ली, यस्तो छ तीनदिने भ्रमण तालिका !

आज नेपाल आउँदै चिनियाँ नेता ली, यस्तो छ तीनदिने भ्रमण तालिका !


  • 2.2K
    Shares

    आज नेपाल आउँदै चिनियाँ नेता ली, यस्तो छ तीनदिने भ्रमण तालिका !
    images

    चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु सोमबार नेपाल भ्रमणमा आउँदै छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी तीनदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी दिउँसो सवा ३ बजे नेपाल आइपुग्नेछन्। 

    सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लीको नेपाल भ्रमण तय भएको हो।  लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँ बानेश्वरमा हुनेछ। 

    करिब एक सयजनाको टोलीसहित नेपाल आउन लागेका उनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुनेछ। 

    भ्रमण कार्यक्रम
    परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ। त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनेछन्।

    परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले  प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नेछन्।  मंगलबार उनले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन्।

    त्यस्तै सोही दिन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको छ। लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्। 

    चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछन्।

    प्रकाशित मिति :भाद्र २७ २०७९ सोमवार - १०:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij