२०८२ कार्तिक १५ गते शनिवार
चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको लागि भोलि नेपाल आउंदैछन् । सभामुख अग्नी सापकोटाको निमन्त्रणामा उनि भोली काठमाडौं आउन लागेका हुन् ।
चान्सु चिनियां राष्ट्रपति सी जिनफिङपछि तेस्रो वरियताका नेता हुन् । यद्यपी उनि चिनियां कम्युनिष्ट पार्टीको आगामी अक्टोम्बरमा हुने महाधिवेशनपछि उमेर हदले अवकास पाउंदैछन् । चान्सुको भ्रमणको बेला परराष्ट्रसचिव भरतराज पौड्याल भारत भ्रमणमा जांदैछन् ।
सरकारले उनको भ्रमणकै बेला सरकारी कार्यकालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । यसलाई कतिपयले नियोजित भएको आरोप लगाइरहेका छन् । वर्तमान सरकारले जानी जानी यो निर्णय गरेको भन्दै चिनियां पक्षले यसमा असन्तुष्टि जनाइसकेको बताइन्छ ।
एक सय जनाको टोलीसहित काठमाण्डौं अवतरण गर्न लागेका चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच भोली नै प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनको सम्मानमा सभामुख सापकोटाले रात्रीभोजको आयोजना समेत गरेका छन् ।
अध्यक्ष लीले भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
यस्तै, भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको र भदौ ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij