Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

पाकिस्तानमा बाढीबाट थप २९ जनाको मृत्यु

पाकिस्तानमा बाढीबाट थप २९ जनाको मृत्यु


  • 2.7K
    Shares

    पाकिस्तानमा बाढीबाट थप २९ जनाको मृत्यु
    images

    पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ  ।

    राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार विगत २४ घण्टामा २९ जनाको ज्यान गएपछि जुनदेखि मृत्यु हुनेको संख्या १ हजार ३९० पुगेको छ ।

    यसैबीच, पाकिस्तानका सरकारी निकाय र निजी गैरसरकारी संस्थाहरूले उद्धार तथा राहात जारी राखेका छन् । बाढीका कारण देशको एकतिहाई भूभाग जलमग्न छ । बाढीबाट विशेषगरी बलुचिस्तान, दक्षिणमा बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू प्रभावित छन् । 

    बाढीले १४ लाख ६८ हजार ९१ घरहरु आंशिक वा पूर्ण रुपमा क्षेतिग्रस्त भएका छन् भने ७ लाख ३६ हजार ४५९ पशुचौपाय मारिएका छन् । आन्तरिक विस्थापनका कारण अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाबमा ५ लाखभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - १०:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij