२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
मृत्यु हुनेमा ट्रकका चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् ।
मंगलबार राति भएको ट्रक दुर्घटनामा २ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइतेहरुको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij